Online News Portal

संसद् खुलाउन माओवादीको लचकता, विपक्षसँग छलफल गर्दै अगाडि बढ्ने निर्णय

काठमाडौँ : नेकपा माओवादी केन्द्रले संसद् सञ्चालनमा रहेको अवरोध हटाउन लचकता देखाउँदै विपक्षी दलहरूसँग छलफल गरेर समाधान खोज्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको पदाधिकारी बैठकमा संसद् अवरोधको सकारात्मक निकासका लागि रचनात्मक ढंगले अघि बढ्ने सहमति भएको हो। प्रवक्ता अग्निप्रसाद सापकोटाले गम्भीर विषय—विशेष गरी भिजिट भिसा प्रकरणमा छानबिन आवश्यक रहेको बताएका छन्।

 

 

उनले सरकार पक्ष र विपक्ष दुवैसँग छलफल गर्दै छानबिन र संसद् बहसको बाटो खोल्नुपर्ने निष्कर्ष बैठकबाट निकालिएको जानकारी दिए।

Advertisement

Click the button below to skip this ad and read the full article.