Online News Portal

संसदका दुई ठूला दल मिल्नुको विकल्प नभएको बताएका छन् : शंकर पोखरेल

काठमाडौँ: प्रेस चौतारी दाङको आयोजनामा दाङको घोराही आज भएको पत्रकार सम्मेलनमा उनले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेस र एमाले मिल्नु अहिलेको आवश्यकता भएको बताए ।

‘हामी सरकारमा जानका लागि मात्रै मिलेका होइनौँ देश विकासका लागि सहकार्य गरेका हौँ’, पोखरेलले भने, ‘लोकतन्त्रमा दुई ठूला दल मिलेर मात्रै निकास निस्कने भएकाले सहकार्य गरिएको हो ।’

उनले पुराना दल चाहिँदैन भन्ने भाष्य बनाउन खोजिएको उल्लेख गर्दै मुलुकमा विकास र समृद्धिका लागि पुराना र स्थापित दल नै आवश्यक भएको बताए । पोखरेलले ठूला दलकै कारण मुलुकमा विकास र परिवर्तन भएका बताए ।

उनले लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न सुझावसमेत दिए ।

Advertisement

Click the button below to skip this ad and read the full article.