Online News Portal

संविधानका कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्छः उपसभापति वाग्ले

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संविधानमा रहेका कमी कमजोरीलाई संविधानकै धाराहरुलाई टेकेर सच्याउनुपर्ने बताउनुभएको छ ।

जनकपुरमा सोमवारबाट शुरु भएको जनता समाजवादी पार्टी नेपालको एकता राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै वाग्लेले वर्तमान संविधानको रक्षा गर्नु सम्पूर्ण नेपालीको कर्तव्य रहेकाले रहेको बताउनु भयो । उहाँले संविधानलाई साझा संविधानको रुपमा बनाउनका लागि संविधानका धाराहरुलाई नै टेकेर विद्यमान कमी कमजोरीहरुलाई हटाउन सकिने बताउनु भयो । मुलुकमा संघियता ल्याउनुका साथै नयाँ संविधान निर्माणमा मधेसी जनताको रगत लागेकाले संविधानमाथीको प्रहार गर्न नहुने बताउनु भयो ।

वाग्लेले देशकै सबैभन्दा सुगम प्रदेशको रुपमा रहेको मधेस बाँकी प्रदेशभन्दा पछाडी पर्नु चिन्ताको विषय रहेको बताउनु भयो । नेपालमा विकासको अर्थ सडक, भवन, चिल्ला गाडीहरुलाई लिइने भन्दै उहाँले मधेस अझै त्यसमा पनि पछाडी परेको बताउनु भयो ।

Advertisement

Click the button below to skip this ad and read the full article.