Online News Portal

संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको अधिकार सर्वोच्च: मन्त्री दीपक खड्का

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताको अधिकार अन्य कुनै शासन व्यवस्थामा भन्दा बढी रहेको बताएका छन्।

 

 

संखुवासभाको चैनपुर नगरपालिका–११ लोहाकोटमा निर्मित वडा कार्यालय भवनको उद्घाटन समारोहमा उनले वर्तमान सरकारको लक्ष्य स्थिरता, समृद्धि र विकास भएको र संसद्का दुई ठूला दलहरूको सहकार्यले स्थिरता आएको उल्लेख गरे। मन्त्री खड्काले संखुवासभा जिल्लामा रहेको अथाह सम्भावनाको उचित प्रयोग गरी समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए। साथै, जनताको जलविद्युत कार्यक्रममार्फत गरिबीको रेखामुनिका जनतालाई जलविद्युत आयोजनामा दुईदेखि पाँच लाख रुपैयाँसम्म विना धितो शेयरका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउने योजना रहेको जानकारी दिए।

Advertisement

Click the button below to skip this ad and read the full article.