Online News Portal

शैक्षिक सहकार्यका लागि समझदारी

काठमाडौँ : सुदूरपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ सङ्काय र दक्षिण कोरियाको काङ्वोन नेशनल युनिभर्सिटी अन्तर्गतको इलेक्ट्रोनिक तथा एआई प्रणाली इन्जिनियरिङ विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि समझदारीपत्र (एमओयू) आदानप्रदान गरिएको छ।

 

 

काङ्वोन युनिभर्सिटीका विभाग प्रमुख प्राध्यापक डा. वाङ चो र सुदूरपश्चिम विश्वविद्यालयका इन्जिनियरिङ डिन किसन दत्त भट्टले उक्त समझदारीमा हस्ताक्षर गरेका हुन्, जसमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्तको उपस्थिति थियो।

पाँच वर्षसम्म प्रभावकारी रहने यस समझदारीले संयुक्त अनुसन्धान परियोजना सञ्चालन, अनुसन्धानका लागि संयुक्त प्रस्ताव तयारी, तथा गोष्ठी, सम्मेलन र कार्यशालाजस्ता शैक्षिक कार्यक्रमहरू आयोजना गर्ने व्यवस्था गरेको छ। दुवै विश्वविद्यालयले आपसी विश्वास, मित्रवत् सम्बन्ध र साझा हितका आधारमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

Advertisement

Click the button below to skip this ad and read the full article.