शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन
काठमाडौँ : सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट २ खर्ब ३ अर्ब ६६ करोड विनियोजन गरेको छ ।
मंगलवार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले बजेट विनियोजन गर्नुभएको हो । उहाँले अपाङ्गमैत्री र सुरक्षित कक्षा कोठा निर्माणको लागि २ अर्ब ५० करोड रकम विनियोजन गरेको बताउनु भयो । उहाँले १२ कक्षा पूरा गरेका विद्यार्थीहरुलाई सीप र रोजगारीमा आवद्ध गरिने बताउनु भयो । उहाँले प्राविधिक धारको शिक्षामा दलित समुदायको पहुँच वृद्धि गर्न गरिब तथा जेहेन्दार छात्रवृद्धि कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । उहाँले प्राविधिक शिक्षातर्फ १ अर्ब ५९ करोड विनियोजन गरेको बताउनु भयो । उहाँले सरकारले उच्च शिक्षाको लागि २१ अर्ब ४५ करोड विनियोजन गरेको बताउनु भयो । सरकारले २०८१ देखि २०९१ सम्मलाई विज्ञान प्रविधि दशकको रुपमा कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोन गरेको बताउनु भयो ।