Online News Portal

शिक्षा मन्त्रालयले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई पुरस्कृत गर्ने

काठमाडौँ:  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस-२०८१ को अवसरमा विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई सम्मान गर्ने भएको छ। राष्ट्रिय शिक्षा दिवसमा गरिने कार्यक्रमबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयले सो जानकारी दिएको हो।

पुरस्कार वितरण बुधबार (असोज २ गते) सैनिक जनसम्पर्क निर्देशनालय, भद्रकाली काठमाडौँको अडिटोरियम हलमा हुनेछ। मन्त्रालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना, निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना, विद्यालय व्यवस्थापन पदाधिकारी, विद्यालय कर्मचारी र बालविकास शिक्षकमध्येबाट ३५ जना, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीमध्येबाट पाँचजना विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारीमध्येबाट २५ जनालाई पुरस्कृत गर्ने भएको छ।