Online News Portal

‘शार्क ट्यांक नेपाल’को पहिलो महिनामै १७ स्टार्टअपमा २१ करोड रुपैयाँको लगानी

काठमाडौं: बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ले आफ्नो पहिलो प्रसारण महिनामै उल्लेखनीय सफलता हात पारेको छ। हालसम्म प्रसारित ८ एपिसोडमार्फत शार्कहरू (निवेशक निर्णायक)ले १७ स्टार्टअप कम्पनीहरूमा २१ करोड रुपैयाँभन्दा बढी लगानी गरेका छन्।

यीमध्ये सबैभन्दा ठूलो लगानी वेद एप ले पाएको छ। उद्योगपति हेमराज ढकालले यो एपमा २० प्रतिशत इक्विटी र केपीआई सर्तहरूमा ६ करोड रुपैयाँ लगानी गरेका छन्।

त्यस्तै, सबैभन्दा न्यून लगानी ‘बिहे नेपाल’ एपले पाएको छ। चारै शार्कहरूले १ हजार रुपैयाँको सामूहिक लगानीमा १ प्रतिशत इक्विटी लिएका छन्।

अन्य लगानी पाएका स्टार्टअपहरूः

  • भोला फुड्स – १ करोड

  • सन्ध्या पोते हाउस – २० लाख

  • आर्ट माया एक्जिम – ३ करोड

  • मेरो कोडिङ क्लास – १ करोड २ लाख

  • साथी प्याड – ५० लाख

  • मुन वेक – ३० लाख

  • नेइल अर्थोक्टिस – ६० लाख

  • जय देउराली कृषि फार्म – ५० लाख

  • गुडविस इन्जिनियरिङ – २ करोड

  • मणिशंकर पाउरोटी उद्योग – १५ लाख

  • अरेन्ज बल – १ करोड

  • अल्छी पसल – १ करोड ५० लाख

  • सजिलो सेवा – डेढ करोड

  • ट्यालेन्ट कनेक्सन प्रालि – डेढ करोड

  • एकेएच होल्डिङ प्रालि – ४० लाख

‘शार्क ट्यांक नेपाल’ हरेक बुधबार र बिहीबार राति ९ बजे हिमालय टिभी र युट्युब च्यानलमा प्रसारण हुँदै आएको छ।
नेपालको उद्यमशीलता प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वाससहित शोले प्रारम्भिक चरणमै लगानीकर्ताहरू र स्टार्टअपबीचको सेतु निर्माण गर्न सफल भएको देखिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.