Online News Portal

शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सांसद सिंहको सुझाव

काठमाडौँ : सांसद डा.अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास,रक्षा,महिला बालबालिका तथा ज्येष्ठ नागरिक,कानून,संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । उहाँले मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने प्राथ अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मन्त्रीले आफूखुशी बजेट विनियोजन गर्ने व्यक्तिगत सम्पती नभएको भन्दै त्यस्तो गर्न नमिल्ने बताउनु भयो । सांसद सिंहले १० हजार जनसंख्या भएको डोल्पामा तीन पानाको योजना लैजाएर आफ्नो क्षेत्रमा एउटा पनि योजना नदिएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले १ लाखमा स्मार्ट सिटी बनाउने मन्त्री आफूले दुनियाँमा नदेखेको बताउनु भयो । उहाँले रातभरी गुगोलमा खोज्दा समेत नभेटाएको बताउनु भयो । उहाँले सहरी विकास मन्त्रीले अमेरीका जापानले समेत नसकेको काम १ लाखमा स्मार्ट सिटी बनाउने योजना ल्याएको बताउनु भयो । उहाँले १ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ संसदीय टोली बनाएर मन्त्रीले डोल्पामा बनाएको स्मार्ट सिटी अवलोकन गर्न जान आवश्यक रहेको बताउनु भयो । उहाँले यसरी बजेट विनियोजन गर्नु बजेटको बरबादी भएको भन्दै आफ्नो हातमा भयो भन्दैमा मन्त्रीले जे पनि गर्न नमिल्ने बताउनु भयो । उहाँले विकास मन्त्री वा सांसदको लागि मात्रै नभएर देश जनताको लागि भएको बताउनु भयो । उहाँले मधेसलाई बजेट विनियोजन अहिले पनि मन्त्रालयगत रुपमा नपरेको बताउनु भयो।
उहाँले भन्नुभयो,‘शहरी विकास मन्त्रालयलाई मन्त्री विकास मन्त्रालय लेखे हुन्छ । १० हजार जनसख्या भएको डोल्पामा तीन पानाको योजना लैजानुभएको छ । यस्ता मन्त्री मैले दुनियामा देखेको छैन । रातभरी गुगोलमा खोजे,सुशिल कोईराला प्रधानमन्त्री भएको पाला देखि स्मार्ट सिटीको कन्सेप्ट आएको थियो । सहरी विकास मन्त्रीले अमेरीका जापानले समेत नसकेको काम १ लाखमा स्मार्ट सिटी बनाउने । ३ करोड भन्दा तलका योजना नहुने भन्ने प्रतिवद्धता थियो । उहाँका १ लाखका योजना सय करोड छ । १ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ । संसदीय टोली बनाएर मन्त्रीले डोल्पामा बनाएको स्मार्ट सिटी कस्तो हुन्छ । यो बजेटको बरबादी हो । आफ्नो हातमा भयो भने जे पनि गर्ने ?त्यो मिल्दैन । विकास देश जनताको लागि हो । मन्त्री वा सांसदको लागि होइन । कुनै एउटा भू–भागलाई बजेट दिँदै नदिने ? मधेसमा कति बजेट दिनुभएको छ । मेरो क्षेत्रमा एउटा पनि योजना परेन । मेरो साथी रक्षा मन्त्री हुनुहुन्छ उहाँको क्षेत्रमा प¥यो । उहाँले फेसबुकमा हालिदिनु भएछ मेरो क्षेत्रमा यो योजना छ । मेरो जनताले दबाब दिइरहेका छन् तपाईको क्षेत्रमा केके छ । मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने उहाँहरुको निजी सम्पती होइन । जनताले तिरेको कर बाट बनेको बजेट हो ।’
उहाँले जनताले तिरेको कर बाट बनेको बजेटमा मन्त्रीले मनपरी रुपमा विनियोजन गर्न नमिल्ने बताउनु भयो ।