Online News Portal

शक्तिशाली सरकार बजेट खर्चमा असफल: कुल बजेटको आधा पनि खर्च भएन’

काठमाडौँ : नेपाली कांग्रेसको समर्थनमा बनेको वर्तमान सरकार बजेट खर्चमा असफल देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा कुल बजेटको ४५.१२ प्रतिशत मात्र खर्च भएको छ।

 

विकास बजेटमा ३ खर्ब ५२ अर्ब विनियोजन गरिएकोमा, हालसम्म ८२ अर्ब ३३ करोड मात्र खर्च भएको छ। निर्माण व्यवसायीहरूले सरकारी नीति, भ्रष्टाचार, र कर्मचारीतन्त्रको कमजोरीलाई बजेट खर्च नहुनुको कारण मानेका छन्।

यसका साथै, निर्माण सामग्रीहरूको मूल्यवृद्धिले पनि समस्या थपेको छ। सरकारी आम्दानीमा पनि कमी आएको छ, जसले बजेट घाटा बढाएको छ। अर्थ मन्त्रालयले बजेट खर्च नहुनुको कारण आयोजना व्यवस्थापनमा समस्या र तयारीको अभावलाई मानेको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.