Online News Portal

शंकरदास बैरागीले दिए राष्ट्रिय सुरक्षा सल्लाहकारबाट राजीनामा

काठमाडौँ: राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले राजीनामा दिएका छन् ।बैरागीले ९ साउनमै राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।पूर्वमुख्यसचिव बैरागी ३२ जेठ २०८० मा राष्ट्रिय सुरक्षा सल्लाहकार बनेका थिए । बैरागीले मुख्यसचिवको कार्यकाल केही महिना बाँकी छँदा बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने बाटो खोल्दै राजीनामा दिएका थिए ।