काठमाडौँ:शिक्षामन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले विश्वविद्यालयमा हस्तक्षेप नगरेको बताएकी छिन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा जवाफ दिँदै उनले हस्तक्षेपका लागि आफूले कसैलाई नगुहारेको बताइन् ।
‘प्रधानमन्त्रीज्यूले हस्तक्षेप गर्नुभएको छैन । मैले पनि गुहारेको छैन,’ उनले भनिन् । निर्देशन दिने काम संयुक्त गर्दै आएको उनले बताइन् । ‘विश्वविद्यालयको व्यवस्थापकीय कार्यमा सरकारकाले हस्तक्षेप गरेको छैन,’ उनले भनिन्, ‘राजनीतिक प्रतिबद्धता र कानुनी शासन विश्वविद्यालयभित्र नस्वीकार्ने हो भने विश्वविद्यालयहरु हस्तक्षेपकारी अवस्थामा पुग्छन्, दबाबमा पुग्छन् । यसका लागि सिगो संसदलाई अनुरोध गर्दछु ।’
शिक्षामन्त्री भट्टराईले विद्यार्थीको नतिजा कमजोर हुनुको कारण सरकार नै हुने बताएकी छिन् ।