Online News Portal

विनोद चौधरीविरुद्ध सुनियोजित प्रहार, भ्रम फैलाउन संगठित गिरोह सक्रिय

काठमाडौं: नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीविरुद्ध संगठित रुपमै मिडियामार्फत् भ्रम सिर्जना गर्ने काम भएको छ । विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत् सांसद एवं नेपालका प्रतिष्ठित उद्योगपति विनोद चौधरीविरुद्ध भ्रमपूर्ण समाचार सामग्री सम्प्रेषण गर्ने काम नियमितजसो हुन थालेको हो ।

उनीविरुद्ध संगठित रुपमै मिडियामार्फत् आक्रमणको सिलसिला पछिल्लो समय झनै बढेको छ । बाँसबारी जग्गा प्रकरणदेखि सांसद चौधरीविरुद्ध मिडियादेखि समाजिक सञ्जालसम्म प्रयोग गरेर भ्रम सिजर्ना गर्ने र उनको चरित्र हत्या गर्ने काम भइरहेको हो ।

‘जसरी एकपछि अर्को गरी योजनावद्ध रुपमा मिडिया र सामाजिक सञ्जालमार्फत् विनोद चौधरीमाथि प्रहार गर्ने काम भइरहेको छ, यो सुनियोजित र संगठित रुपमै भइरहेको छ,’ पत्रकारीताका अध्यापक यज्ञ न्यौपानेले भने, ‘एउटा व्यक्तिविरुद्ध भ्रम फैलाएर उसको चरित्र हत्या गर्ने मनशायले यो सबै भएको पाइन्छ ।’

बाँसबारी घटनाकै विषयमा सत्यतथ्य नबुझी उद्योगपति विनोद चौधरीविरुद्ध मिडियामार्फत् एकोहोरो प्रहार गरिएको थियो । त्यस्तै विनोद चौधरी नै नजोडिएको विषयमा पनि चौधरी ग्रुपको नाम लिने र विनोद चौधरीको तस्विर दुरुपयोग गरेर मिडियामार्फत् प्रचार गर्ने, सार्वजनिक छवि र चरित्र धुमिल्याउने गरी काम हुन थालेका हुन् ।

यसैक्रममा वीरगञ्जको घटना पनि बाहिर आएको छ । जुन घटना नितान्त भ्रमपूर्ण र झुटो भएको बताइएको छ । वीरगञ्जमा मसानघाट नै चौधरी ग्रुपले कब्जा गरेको कपोलकल्पित समाचार बनाउनु उनीविरुद्ध प्रहारको अर्को श्रृंखला हो ।

विभिन्न स्वार्थ समूहहरुले विभिन्न घटनामा चर्चाका लागि चौधरीको नाम जोड्ने काम गर्दै आएका छन् । पछिल्लो समय राज्य पक्षबाटै निशानामा परेका कांग्रेस नेता चौधरीमाथि मिडियामार्फत् पनि प्रहार सुरु भएको हो ।

चौधरीमाथिको यो सुनियोजित प्रहार राज्य संरक्षित हो कि होइन यस्तै भन्न त सकिन्न तर यो सामान्य विषय भने होइन, न्यौपानेले भने ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएका उद्योगपति चौधरीमाथिको योजनावद्ध प्रहारको अन्तर्य के हो, त्यो भने खोजको विषय बनेको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.