“विधानको टिप्पणी संगठनात्मक अराजकता हो : महासचिव शंकर पोखरेल”


काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले महाधिवेशनबाट पारित पार्टी विधानबारे सार्वजनिक टिप्पणी गर्नु संगठनात्मक अराजकतासँग तुल्य हुने बताएका छन्।
जनसंगठनका पदाधिकारी तथा इन्चार्जहरूसँगको भेलामा उनले पार्टी अनुशासनको उल्लंघन गर्नेलाई कडा प्रतिवाद गर्न निर्देशन दिएका हुन्।
‘विधान महाधिवेशनले तत्कालीन आवश्यकता अनुसार संशोधन गर्छ,’ पोखरेलले भने, ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर आफैंले अनुमोदन गरेका प्रावधानहरूबारे अहिले आफैं प्रश्न गर्नु अनैतिकता हो।’
उनले राष्ट्रिय महाधिवेशनले पारित गरेका निर्णयहरूमा टिप्पणी गर्दै हिँड्ने प्रवृत्तिलाई अनुशासनहीन र अराजक भनेका छन्।
‘अनुशासनहीन व्यवहार गर्नेविरुद्ध प्रतिवाद गर्नुपर्छ,’ उनले जोड दिए, ‘पार्टीमा संगठनात्मक अराजकता क्षम्य हुँदैन।’
एमालेले हालै संसोधित विधानअनुसार अब एकै पदमा लगातार दुई कार्यकाल भन्दा बढी बस्न नपाइने व्यवस्था गरेको छ, जसप्रति पार्टीभित्र नै केही असन्तुष्टि देखिएको छ।