Online News Portal

विद्यार्थीलाई साइबर अपराधबाट जोगिन विद्यालयस्तरीय सचेतना कार्यक्रम

काठमाडौँ : नुवाकोटको तादी गाउँपालिकास्थित विभिन्न विद्यालयमा साइबर अपराधबारे सचेतना कार्यक्रम सञ्चालन गरिएको छ। “सावधानी अपनाऔँ, साइबर अपराधबाट बचौँ” भन्ने नाराका साथ तीन विद्यालयमा आयोजना गरिएको कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूलाई साइबर अपराध, सुरक्षित सामाजिक सञ्जालको प्रयोग, र यसको प्रभावबारे जानकारी दिइयो।

 

 

कार्यक्रम रालुका माविमा आयोजित थियो, जसमा वडाध्यक्ष, प्रहरी निरीक्षक, सूचना प्रविधि अधिकृत, र रोजगार सहायकलगायतले सहभागिता जनाएका थिए। विद्यालयमै यस्तो जानकारी पाएपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए।

Advertisement

Click the button below to skip this ad and read the full article.