Online News Portal

विदेशी भन्सारमुक्त कार आयातबाट २ अर्ब अमेरिकी डलर राजश्व संकलन गर्ने इजिप्टको अपेक्षा

काठमाडौँ: इजिप्टले विदेशी भन्सारमुक्त कार आयातबाट २ अर्ब अमेरिकी डलर राजश्वको अपेक्षा गरेको छ ।
इजिप्टका अर्थमन्त्री मोहम्मद माईतले शुन्य भन्सार कार आयात पहलबाट लाभान्वित हुने उद्देश्यका साथ विदेशीहरूद्वारा दर्ता गरिएका आवेदनहरूले करिव २ अर्ब अमेरिकी डलर राजश्व उठाउने अपेक्षा ग्रुैको बताउनु भयो । हालसम्म २ लाख ५० हजारभन्दा बढी ‘आयात अनुमोदन’ जारी भएको र ३५ हजारभन्दा बढी आयातित कार निकासी भइसकेको मन्त्रीले बताउनु भयो । यस पहलले प्रवासीहरूलाई मूल्य अभिवृद्धि कर (भ्याट) सहित भन्सार शुल्क वा करहरू नतिरिकन एउटा व्यक्तिगत प्रयोगको गाडी इजिप्टमा ल्याउन अनुमति दिन्छ । विदेशमा बस्ने इजिप्टियनहरूले विदेशी मुद्रामा पाँच वर्षको बैंक जम्मा गर्नुपर्छ । पाँच वर्षपछि प्रवासीहरूले आफ्नो पैसा इजिप्टियन पाउन्डमा फिर्ता लिने समयमा स्थानीय मुद्रा विनिमय दर अनुसार भन्सार शुल्क बिना आफ्नो सवारी साधन आयात गर्न सक्छन् । यो पहल इजिप्टको अर्थतन्त्रमा विदेशी मुद्रा प्रवाह बढाउनको लागि व्यापक प्रयासहरूमध्येको एक हिस्सा हो ।