Online News Portal

विकास हाइड्रोपावरको आईपीओ जेठ ६ गतेदेखि खुला, आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएकाहरूलाई प्राथमिकता

काठमाडौँ : विकास हाइड्रोपावर लिमिटेडले आगामी जेठ ६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेपछि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ जारी गर्न लागेको हो।

 

 

कुल ४४ लाख ५४ हजार ५९६ कित्ता सेयरमध्ये पहिलो चरणमा आयोजना प्रभावितहरूलाई ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारीमा गएकाहरूलाई ३ लाख ३४ हजार ५५० कित्ता सेयर निष्काशन गरिनेछ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७६ पैसा र प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३७ पैसा रहेको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्म कम्पनीले १ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ।

यसअघि, सार्वजनिक लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीहरूलाई आईपीओ निष्काशन गर्न रोक लगाएको थियो। विकास हाइड्रोपावरले नेटवर्थ बढाएपछि मात्र आईपीओ निष्काशनको अनुमति प्राप्त गरेको हो।

 

कम्पनीले गोरखा जिल्लाको धार्चे गाउँपालिकामा अवस्थित ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना निर्माण गरेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.