Online News Portal

वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको हो ; नारायणकाजी श्रेष्ठ

प्रकाशित: १ भाद्र २०८१, शनिबार ०८:२० | लेखक: मालिका खबर
messenger sharing button
whatsapp sharing button
viber sharing button
linkedin sharing button
वर्तमान सरकार भ्रष्टाचारीलाई जोगाउन बनेको हो ; नारायणकाजी श्रेष्ठ

काठमाडौँ: नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वर्तमान सरकार भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउन बनेको आरोप लगाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले आफूहरू बेदाग भएर सरकारबाट निस्किएको दाबी पनि गरे। ‘हामी बेदाग भएर सरकारबाट निस्किएका छौँ। अहिले सरकार बनाउनेहरूको बारेमा आम चर्चा छँदै छ। हामीले भन्नु पनि पर्दैन। भ्रष्टाचारीहरूलाई जोगाउन र भ्रष्टाचारको निम्ति ठाउँ बनाउनको निम्ति यो सरकार बनेको छ भनेर आम चर्चा छ,’ उनको भनाइ थियो।

इतिहासले दिएको जिम्मेवारी पूरा गर्नु आफूहरूका लागि महत्त्वपूर्ण रहेको भन्दै उनले पार्टीलाई एकताबद्ध, सुदृढ गर्ने जिम्मेवारीमा प्रतिबद्ध भएर लागेको जिकिर गरे।