लिथुआनियाको राष्ट्रपतिमा वर्तमान राष्ट्रपति नौसेदा विजयी

काठमाडौँ :लिथुआनियाको राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति गितानास नौसेदा विजयी हुनुभएको छ । आफ्नो प्रतिद्वन्द्वी इन्ग्रिडा सिमोनिटेलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । केन्द्रिय निर्वाचन आयोगद्वारा घोषणा गरिएको पछिल्लो तथ्याङ्कले कुल १ हजार ८९५ मतदान केन्द्रहरूमा नौसेदाले ७४.४३ प्रतिशत मतदाताहरूको समर्थन पाउनुभयो । सिमोनिटे २४.०६ प्रतिशतको साथ पराजित हुनुभयो । नौसेदाले दोस्रो पाँच वर्षे कार्यकाल पूरा गर्दै विजयी घोषणा गर्नुभएको छ । वर्तमान प्रधानमन्त्री सिमोनिटेले आफ्नो हार स्वीकार गर्दै नौसेदालाई विजयको लागि बधाई दिनुभयो । मे १२ मा भएको पहिलो चरणको निर्वाचनमा कुनैपनि उम्मेदवारले आधाभन्दा बढी मत प्राप्त गर्न नसकेपछि आईतवारको दोस्रो चरणको मतदान भएको थियो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।