ललितपुर प्रहरीले अब बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने

काठमाडौँ: जिल्ला प्रहरी परिसर ललितपुरले बडी वर्न क्यामेरासहित क्विक रेस्पोन्स टिम परिचालन गर्ने भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर तथा मातहत कार्यालयहरुमा रहेका क्विक रेस्पोन्स टिम अब बडी वर्न क्यामेरासहित परिचालन हुने छन् ।
नागरिकका गुनासो तथा समस्याहरुलाई तुरुन्त सम्वोधन गर्न , विपदको अवस्थामा शिघ्र उद्धार गर्न, शंकितलाई छिटो पक्राउ गर्न, सूचना संकलन गर्न र चुस्त रुपमा कार्य सम्पादन गर्नको लागि यस्तो व्यवस्था गरिएको हो ।