Online News Portal

रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने लिङदेनको कदमलाई काँग्रेस सांसद चौधरीले गरिन् समर्थन

काठमाडौँ; नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले रोष्ट्रममै बजेट पुस्तिका च्यात्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कदमको समर्थन गर्नुभएको छ ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद चौधरीले मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेर बजेट विनियोजन गरेका बताउनु भयो । उहाँले मन्त्रीहरुलाई आफ्नो निर्वाचन क्षेत्रका लागि मात्रै मन्त्री बनेको हो भनि प्रश्न गर्नुभयो । उहाँले लिङदेनले पीडाका कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका च्यातेको भन्दै सो कामको समर्थन गर्ने बताउनु भयो । उहाँले बजेट पुस्तिका च्यात्नुपर्ने खालको रहेको उल्लेख गर्दै एकजनाले च्यातेपछि सबैले च्यातेजस्तो हुने पनि बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘आफ्नो निर्वाचन क्षेत्रको लागि मात्रै मन्त्रीज्युहरु मन्त्री बन्नुभएको हो ? के यसले देशको विकास हुन्छ ? कर्णालीमा दुई लाख पुलमा । जनकपुरको वडामा चाहीँ एक करोड ७१ लाख रुपैयाँ सडक बनाउन । मधेश प्रदेशमै ८ वटा जिल्ला छ, के जनकपुर सबभन्दा पिछडिएको जिल्ला हो ? होइन । पीडा छ । यो चाहीँ नगरौँ । संसदमा एउटा पार्टीका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनले यो बुक च्यात्नुभयो । यो के राम्रो हो ? यो राम्रो होइन । तर उहाँको पीडा छ च्यात्नुहुन्छ । च्यातेको म समर्थन गर्छु । किनभने यो च्यात्नुपर्छ । तर एकजनाले च्यातेपछि सबैले च्यातेजस्तै भयो ।’
उहाँले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा जिल्लामा मात्रै बजेट केन्द्रित गरिएको बताउनु भयो ।