Online News Portal

रोगव्याधी नियन्त्रणका लागि स्वास्थ्य चेतना विस्तार गर्न माग

काठमाडौं-  राष्ट्रियसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले डेंगी, झाडापखाला लगायतका रोगव्याधी नियन्त्रणका लागि शुद्ध खानेपानी, जनचेतनाको विस्तार एवं स्वास्थ्यसम्बन्धी ज्ञानको विस्तारका लागि सरकारको ध्यानाकर्षण गरे।

शुन्य समयमा बोल्दै सांसद इन्दिरादेवी गौतमले वर्षायाममा महामारीजन्य रोगहरु जस्तै डेंगी, झाडापखाला, सर्पदंश न्युनीकरण गर्नुपर्ने, शुद्ध खानेपानी, औषधी उपचारको अभाव हुन नदिन सरकारले व्यवस्था मिलाएर सहज वातावरण बनाउन आग्रह गरिन्।

सांसद गंगाकुमारी बेलवासेले पछिल्लो समय तीजका गीत र नाचमा विकृति विसङ्गति बढेको भन्दै त्यसको नियन्त्रणका लागि सबैले पहल गर्नुपर्ने बताइन्। सांसद गोपीबहादुर सार्की अछामीले उदयपुरको कटारी नगरपालिका कोशी, मधेश र बागमती प्रदेशको केन्द्र पर्ने भएकाले प्रस्तावित मेडिकल कलेज स्थापना गर्न सरकारको ध्यानाकर्षण गराए।

Advertisement

Click the button below to skip this ad and read the full article.