Online News Portal

रुसको दागेस्तानमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या २० पुग्यो

काठमाडौँ: दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवारको आक्रमणमा मृत्यु हुनेको संख्या २० पुगेको छ । जुन २३ मा मखाचकला र डर्बेन्ट शहरहरूमा आतंकवादी हमलाको परिणाम स्वरूप ४६ जना घाइते भएका थिए । तात्याना बेल्याएभाले कानून प्रवर्तन अधिकारीहरू र नागरिकहरूसहित २० जना मारिएको बताउनु भयो । बन्दुकधारीहरू दुई अर्थोडक्स चर्चहरू एक सभाघर र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखाचकलाको ट्राफिक प्रहरी चौकीमा आईतवार भएको थियो । सोमवारदेखि बुधवारसम्म हमलाका पीडितहरूको सम्झनामा शोकको दिन घोषणा गरिएको छ ।