“राष्ट्रिय विकासमा कांग्रेसको योगदान अतुलनीय: प्रवक्ता महत”

काठमाडौँ :नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसले गरेका उल्लेखनीय कार्यकै कारण नेपालकै सर्वश्रेष्ठ पार्टी भएको बताएका छन्।
नुवाकोटको शिवपुरी गाउँपालिकामा आयोजित कार्यक्रममा उनले कांग्रेस नेतृत्वमा भएका विकास निर्माण कार्यहरूको तुलना कुनै पनि दलसँग हुन नसक्ने दाबी गरे।
साथै, आगामी निर्वाचनमा नुवाकोटबाट प्रत्यक्ष रूपमा चुनाव लड्ने घोषणा गरे। महतले कांग्रेस–एमाले गठबन्धनलाई आवश्यक ठहराउँदै, देशको स्थायित्व र समृद्धिका लागि कांग्रेसको नेतृत्व अपरिहार्य रहेको उल्लेख गरे।