राष्ट्रपति पौडेलद्वारा संघीयता, सुशासन र विधिको शासन सुदृढ गर्न संसद्को प्रभावकारी भूमिकामा जोड

काठमाडौँ :राष्ट्रपति रामचन्द्र पौडेलले संघीयता, सुशासन र विधिको शासनलाई सुदृढ बनाउन सरकारलाई जिम्मेवार र जनताप्रति उत्तरदायी बनाउन संसद्को भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति कार्यालयमा आयोजित अन्तर व्यवस्थापिका मञ्चको पोखरा घोषणापत्र हस्तान्तरण कार्यक्रममा उनले संसद्लाई जनताको आवाज मुखरित गर्ने थलोको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, उनले संसद्ले प्रभावकारी कानुन निर्माण, बजेट निर्माण, नीति निर्धारण र जनताको आवाज बुलन्द बनाउने थलोका रूपमा आफूलाई उभ्याउनुपर्ने विचार व्यक्त गरे।