काठमाडौँ : रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका-४, रजगाउँमा शनिबार साँझ करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
तामाकोशी नदीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा लिखु तामाकोशी गाउँपालिका-५ निवासी अन्दाजी २२ वर्षीय मणिराज तामाङको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवले जानकारी दिए। मृतकको शव पोस्टमार्टमका लागि मन्थली अस्पतालमा राखिएको छ।