Online News Portal

रामअयोध्याप्रसाद यादवको निधनप्रति देउवाको दुःख व्यक्त, कांग्रेसले गुमायो एक अनुभवी नेता

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य तथा कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्। ७२ वर्षीय यादवको वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
देउवाले शोक वक्तव्य जारी गर्दै यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन्।
बाराको सुवर्ण गाउँपालिका–२ निवासी यादव मधुमेहबाट पीडित थिए। उनी २०७० को संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।
यादवले कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। कांग्रेसले उहाँलाई एक अग्रज र अनुभवी नेताका रूपमा सधैं सम्झिरहने जनाएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.