रवि लामिछाने सामाजिक रूपमा चर्चा योग्य छैनन् : वरिष्ठ अधिवक्ता भण्डारी”

काठमाडौँ : वरिष्ठ अधिवक्ता डा. सुदेन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सामाजिक रूपमा चर्चा र परिचर्चा गर्न लायक व्यक्ति नभएको टिप्पणी गरेका छन्।
पत्रकार ऋषि धमलासँगको संवादमा भण्डारीले लामिछानेले सहकारी बचतकर्ताको अपचलन गरिएको रकम तिर्ने विषयमा कुनै जवाफ नदिएको र अदालतले पनि यसबारे स्पष्ट बोलेको बताए। उनले लामिछानेलाई संगीन अपराधको आरोपी भन्दै रास्वपा भित्र डेमोक्रेटिक संस्कृतिको अभाव र अपराधको राजनीतीकरण भइरहेको आरोप लगाए। यसले पार्टीको समग्र छवि पनि धुमिल भएको भण्डारीको भनाइ छ।