Online News Portal

रविलक्षित उपप्रधामन्त्रीको टिप्पणी : कानुन सबैका लागि बराबर हो

काठमाडौँ: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् ।

बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरूपमा स्वतन्त्ररूपमा अघि बढेको बताए । ‘कानुन सबैका लागि समान हो । कानुनअनुरूप हुनुपर्ने हुन्छ’, उनले भने ।

 

 

 

उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्मा रहेका सबै दलसँग परामर्श भइरहेको बताए । ‘संविधान संशोधन गर्न निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एउटा पार्टीले गरेर मात्र हुँदैन । यो काम संसद्मा रहेका सबै दलसँगको परामर्शमा दुई तिहाइ बहुमतबाट गर्नुपर्ने हुन्छ,’ उनले भने ।

अहिलेको सरकारले अघिल्ला सरकारले गरेका कामलाई विशेष ध्यान दिँदै व्यवस्थित गरेर अघि बढेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा जोड दिँदै उनले कांग्रेस र एमालेबीचको समझदारीअनुसार सरकार अघि बढेको बताए ।

Advertisement

Click the button below to skip this ad and read the full article.