रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली मनायो

काठमाडौँ : भक्तपुरमा रक्षा क्यान्सर केयर सोसाइटीले क्यान्सर विजेताहरूसँग होली पर्व मनाएको छ। संस्थाकी अध्यक्ष डा. सृष्टि श्रेष्ठ प्रजापतिका अनुसार, समाजमा क्यान्सरको बारेमा सकारात्मक सन्देश फैलाउन र समयमा उपचार गरे क्यान्सर निको हुन्छ भन्ने जनचेतना दिन यो कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा वरिष्ठ गायिका तथा क्यान्सर विजेता तारा थापाको पनि उपस्थिति र सांगीतिक प्रस्तुति रहेको थियो।