Online News Portal

यु–१९ एसिया कपको फाइनलमा भारत–पाकिस्तान आमनेसामने

काठमाडौँ : युएईमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र पाकिस्तानबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ। फाइनल खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

गत डिसेम्बर १२ देखि सुरु भएको यस प्रतियोगितामा कुल आठ टोलीको सहभागिता थियो। प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, नेपाल, युएई र मलेसिया सहभागी थिए।

समूह चरणको खेलपछि उत्कृष्ट प्रदर्शन गर्दै भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा प्रवेश गरेका हुन्। समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका थिए भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र नेपाल समावेश थिए।

दुवै चिरप्रतिद्वन्द्वी टोलीबीचको फाइनल खेलले उपाधि कसले जित्ने भन्ने चासो थपिएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.