Online News Portal

युनको महाभियोग फैसलापछि सियोलमा सुरक्षा कडा, अशान्ति रोक्न विशेष उपायहरू

काठमाडौँ : दक्षिण कोरियामा राष्ट्रपति युन सुक येओलको महाभियोग फैसलापछि सम्भावित द्वन्द्व रोक्न सियोलमा सुरक्षा कडा गरिएको छ। संवैधानिक अदालतको निर्णयपछि अशान्ति हुन सक्ने भन्दै प्रहरीले विशेष सुरक्षा उपाय अपनाएको छ।

 

 

राष्ट्रपति युनलाई सैनिक शासन घोषणा गरेको आरोपमा महाभियोग लगाइएको थियो, जसको निर्णय यसै महिनामा आउन अपेक्षा गरिएको छ।

सियोल प्रहरीले अदालत आसपास विरोध प्रदर्शन रोक्न १०० मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने योजना बनाएको छ। सुरक्षाका लागि विशेष बल परिचालन गर्न सक्ने र हिंसात्मक गतिविधि रोक्न थप प्रशिक्षण दिइएको छ। महाभियोग फैसलापछि हिंसा भड्किन सक्ने आशंकामा विद्यालय, निर्माण स्थल, र पेट्रोल पम्प बन्द गर्नेबारे पनि छलफल भइरहेको छ।

यसैबीच, युनलाई सैनिक शासन घोषणा गरेको आरोपमा छुट्टै आपराधिक मुद्दा सामना गर्नुपर्नेछ। अभियोजन पक्षले उनलाई हिरासतबाट रिहा गरे पनि कानुनी प्रक्रिया जारी रहने बताएको छ।

Advertisement

Click the button below to skip this ad and read the full article.