Online News Portal

यमनका हुथी विद्रोहीद्वारा लाल सागरमा २ वटा व्यावसायिक जहाजमाथि आक्रमण गरेको दाबी

काठमाडौँ: यमनको हुथी समूहले लाल सागरमा दुई व्यावसायिक जहाजहरू विरुद्ध मिसाइल र ड्रोन आक्रमणको जिम्मेवारी लिएको छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले आक्रमणहरूले इजरायली बन्दरगाहहरूमा प्रवेशमा प्रतिवन्ध लगाउने हुथी निर्णयको उल्लङ्घन गर्ने कम्पनीहरूसँग सम्बन्धित दुईवटा जहाजहरूलाई लक्षित गरेको बताउनु भयो । सारियाले आक्रमणहरू धेरै ड्रोन, ब्यालिस्टिक र नौसैनिक मिसाइलहरूद्वारा गरिएको थियो बताउनु भयो । इजरायलले गाजामा युद्ध नरोकेसम्म यस्ता थप आक्रमणहरू गर्ने प्रतिवद्धता जनाउनु भयो । स्थानीय बासिन्दाका अनुसार हवाई हमलाले दुवै शहरमा हुथी सैन्य स्थानहरूलाई लक्षित गरेको थियो ।

Advertisement

Click the button below to skip this ad and read the full article.