Online News Portal

मेयर साहको शैली काँग्रेसले समर्थन गर्नु भनेको गणेशमान र कृष्णप्रसाद भट्टराईको अपमान होः महेश बर्तौला

काठमाडौँ :  नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको शैलीलाई काँग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालामाथिको अपमान भएको बताउनुभएको छ ।

बिहीवार संसद भवन बाहिर कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं महानगरका प्रमुख साहबाट भइरहेको काम स्वभाविक प्रकृतिको नभएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा मेयर साहले विभिन्न स्ट्याटसहरु लेखेर नकारात्मक पथमा समाजलाई हिँडाउने काम गरिरहेको बताउनु भयो । उहाँले देश, लोकतन्त्रका लागि लडेको नेताहरुको बारेमा मेयर साहको टिप्पणी तल्लो स्तरको रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जुन तरिकाको शैली महानगरका मेयरबाट भइरहेको छ, त्यो मेयरको हैसियतबाट स्वभाविक प्रकृतिको प्रश्तुतीहरु होइन । सामाजिक सञ्जाल र मिडियामा जुन प्रकारको टिका टिप्पणी र तल्लो स्तरको अभिव्यक्तिहरु आइरहेको छ । स्ट्याटसहरु लेखेर जसरी उहाँले समाजलाई नै नकारात्मक पथमा हिँडाउने गरी उद्वेलित गर्ने प्रयत्न गर्दै हुनुहुन्छ । शिर्षस्थ नेताहरु जसले देशका लागि लड्नुभयो, लोकतन्त्रका लागि लड्नुभयो, उहाँहरुले गरेको त्याग, तपस्या जेलनेल त्यो यातनालाई मजाकको विषय बनाएर जे प्रश्तुती मेयरबाट भइरहेको छ, त्यो कुरा ठिक छ भनेर यदि नेपाली काँग्रेसका महामन्त्रीज्युले भन्नुहुन्छ भने यो त गणेशमान, गिरिजाप्रसाद, कृष्णप्रसाद भट्टराईमाथिको अपमान हो । यो व्यवस्था ल्याउनका लागि लडेका सबैको लागि अपमान हो । नेपाली काँग्रेस यस्तै अस्थिरताको बीचमा प्रवेश गर्ने र त्यसबाटै खेल्ने र त्यसबाटै आफ्नो दाउपेच र स्वार्थमा खेल्न खोजेको त होइन भन्ने शंका छ ।’
उहाँले काँग्रेस अस्थिरतामा प्रवेश गरेर स्वार्थमा खेल्न खोजिरहेको आरोप लगाउनु भयो ।

Advertisement

Click the button below to skip this ad and read the full article.