Online News Portal

मुख्यमन्त्री लामा : विपद् व्यवस्थापनमा विश्वव्यापी सहकार्यको आवश्यकता

काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले दुबईमा आयोजित वर्ल्ड गभर्मेण्ट समिट २०२५ मा सहभागी हुँदै प्राकृतिक विपद्‌बाट उत्पन्न समस्याहरूको सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताउनुभएको छ।

 

 

जलवायु परिवर्तनका कारण नेपालजस्ता उच्च जोखिम भएका देशहरूमा ठूला विपद्‌हरूको सामना गर्दा विकासका लक्ष्यहरूमा ठूलो क्षति व्यहोर्नु परेको उहाँले उल्लेख गर्नुभयो। मुख्यमन्त्री लामाले कुनै पनि सरकारको मुख्य दायित्व उपलब्ध स्रोत र साधनको उचित व्यवस्थापन गरी जनताको आवश्यकता पूरा गर्नुका साथै समृद्ध देश निर्माण गर्नु रहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनको वर्तमान दरलाई कम गर्न र यसबाट उत्पन्न समस्याहरूको सामना गर्न सबैको साझा धारणा र समस्यामा परेका देशहरूलाई विश्वव्यापी रूपमा सहयोग जुटाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो।

Advertisement

Click the button below to skip this ad and read the full article.