Online News Portal

माघ २४ देखि २८ सम्म भृकुटीमण्डपमा ‘क्यान इन्फोटेक २०२५’

काठमाडौं: आगामी माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक २०२५ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा वर्षेनी हुँदै आएको क्यान इन्फोटेकको यो ३० औं संस्करण हो ।

क्यान इन्फोटेक २०२५ को मिति घोषणासँगै प्रायोजक र साझेदारका लागि बुकिङ खुलाइएको छ ।

 

 

यस पटक क्यान इन्फोटेकमा सूचना प्रविधिका नयाँ-नयाँ आविष्कार र प्रविधि समाधानलाई व्यापक रूपमा समेटिने महासंघले जनाएको छ । ​प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने महासंघकी अध्यक्ष सुनैना पाण्डे घिमिरेले बताइन् ।

उनका अनुसार क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।