Online News Portal

माओवादी केन्द्रको तेस्रो दिनको बैठक सुरु, सय जनाले नाम टिपाए

काठमाडौं- नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको तेस्रो दिनको बैठक सुरू भएको छ। राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको हो। बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन्।

केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्व, भ्रष्टाचार र संगठनका विषयमा आलोचना र समर्थन दुवै गरिरहेका छन्। बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम स्पष्ट भएर जानुपर्ने माग केन्द्रीय सदस्यहरुले गरेका छन्।

अधिकांश सदस्यहरूले पार्टी बनाउनका लागि पहिला नेतृत्व सही ठाउँमा उभिनुपर्ने भन्दै रुपान्तरणको सुरुवात त्यहीँबाट हुनुपर्ने आवाज उठाएका छन्५ दिनसम्म सञ्चालन हुने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म चल्नेछ। शुक्रबार बोल्नका लागि १०० जना बढीले नाम टिपाएको र समय पुगेसम्म बोल्न दिने केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।

केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनेछन्।

Advertisement

Click the button below to skip this ad and read the full article.