Online News Portal

माओवादी उपमहासचिव पुन र प्रधानमन्त्री ओली बीच संसद्‍मै भनाभन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनबीच संसद्‍मै भनाभन भएको छ ।

सांसदहरूले उठएका प्रश्नहरूको जवाफ दिने क्रममा सोमबार प्रतिनिधिसभा बैठकमा दुईजना नेताबीच भनाभन भएको हो ।

कसले के भने ?

प्रधानमन्त्री : यो गरिमामया सदन सदन जस्तै होस । हामीले सदनको मर्यादा, गरिमा, यहाँ भएका छलफल, यहाँ उठाइएका विषय, उहाँ उठेका प्रश्न, यति हल्काफुल्का, झुठा, पूर्वाग्रहीपूर्ण हुनु हुँदैन कि सुन भनेर पित्तल चढायो भन्ने जस्ता हावादारी कुरा यस गरिमामय संसद्‍मा नबोलियोस् । नगरियोस् । यति हल्काफुल्का बनाउनु हुँदैन हामीले गरिमामय संसद्लाई ।

रोस्ट्रममा ओली बोलिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसद पुन बीचमै उठेर बोल्ने अनुमति माग्छन् । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीलाई केही समय रोकिन भन्छन् र पुनलाई बोल्न अनुमति दिन्छन् ।

सांसद पुन : सम्माननीय प्रधानमन्त्रीज्यू कुन सन्दर्भमा अहिले बोल्दै हुनुहुन्छ ? यो कहीँ न कहीँ सभामुखज्यूले रुलिङ गर्नुपर्छ होला । प्रश्नोत्तरमा हुनुहुन्छ ।

सभामुखले ध्यानाकर्षण भएको बताएपछि पुनको आवाज सुनिँदैन तर, उनलाई सभामुखले आशनमा बस्न आग्रह गरिरहन्छन् । पुनको मधुरो आवाज सुनिन्छ– यहाँ गाली गर्न आएको हो र ?

प्रधानमन्त्री : कसलाई गाली गरेको छ र ? गाली गर्‍यो रे, गाली नगरौँ भन्दै छु म । उल्टै गाली । ओली यति बोल्दासम्म पनि वर्षमान पुन उभिएरै केही भनिरहेको देखिन्थ्यो भने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला पनि आफ्नो आशनबाट उभिएर माओवादी सांसदलाई हेरिरहेका देखिन्छन् ।

सभामुख : प्रधानमन्त्रीजीलाई विषय केन्द्रित भएर अगाडि बढ्न म निर्देश गर्दछु ।

प्रधानमन्त्री ओली : सभामुख महोदय, म विल्कुल विषय केन्द्रित छु । विल्कुल विषय केन्द्रित छु । संसदमा उठेका प्रश्नको लिखितको जवाफ दिनुपर्ने, त्योभन्दा अगाडि अलिखित नै बीचमा बाटैमा आइपुग्यो । त्यसकारण यसो नगरौँ भन्नेमात्रै मेरो आग्रह हो । यसो नगरौँ । मैले गाली गलौज कसैलाई गरेको छैन । मैले खाली सचेत गराएको हुँ । आवेश उत्तेजनामा आउनुपर्ने कुनै आवश्यकता छैन ।

Advertisement

Click the button below to skip this ad and read the full article.