Online News Portal

माओवादीले अब कसैको बैसाखी टेक्दैन : प्रचण्ड

काठमाडौँ: प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब कसैको बैसाखी नटेक्ने बताएका छन्। दाङमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले अबका चुनाव एक्लै लड्ने बताएका हुन् । अरु दलसँग गठबन्धन गर्दा कार्यकर्ताबाट पनि आलोचना भएको बताउँदै उनले त्यसको समीक्षा गरेर एक्लै चुनाव लड्ने निर्णय गरेको बताए ।

 

 

‘सर्बसम्त रुपमा हामीले निर्णय गरेका छौं । आगामी निर्वाचन आफ्नै खुट्टामा उभिएर लड्ने हो,’ उनले भने, ‘माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने भाष्य बनाउन खोजियो त्यसको पनि समीक्षा गरेर यो निर्णय गरियो ।’नले अबका सबै चुनाव आफ्नै शक्तिको बलमा लड्ने बताए । गत उपचुनावमै त्यो प्रयास गरेको भन्दै उनले जनताले राम्रो प्रतिक्रया दिएकोले उत्साहित भएको बताएका छन् । उनले अब ०८४ सम्म एमालेसँग सहकार्य गर्ने कुनै सम्भावना नै नरहेको समेत बताए । सहकार्य हुँदै पार्टी एकीकरण गर्दा पनि असफल भएको बताउँदै उनले भने, ‘इन अफ इज इन अफ, अति नै भयो ।’

Advertisement

Click the button below to skip this ad and read the full article.