काठमाडौँ : मकवानपुरको कैलाश गाउँपालिकामा लागुऔषध तस्करीको दौरान प्रहरी र तस्कर समूहबीच झडप हुँदा लुटिएको पेस्तोल जंगलमा फेला परेको छ।
सोमबार दुम्सीखर्क जंगलमा तस्कर समूहले प्रहरी हवल्दार अर्जुन तामाङसँग ७ राउण्ड गोली लोड भएको टाइप-५४ पेस्तोल लुटेका थिए। मंगलबार बिहान उक्त पेस्तोल बोल्नेलेकको जंगलमा भेटिएको हो।
घटनाका क्रममा दुई तस्कर मोटरसाइकलमा २ किलो अफिम बोकेर आएका थिए, तर प्रहरीले हस्तक्षेप गरेपछि थप १० जनाको समूह बोलाइ झडप भएको थियो। हालसम्म तस्करहरूको पहिचान खुल्न सकेको छैन, र खोजी कार्य जारी छ। कैलाश गाउँपालिकामा लागूऔषध गाँजा र अफिम तस्करी हुने गरेको प्रहरीको भनाइ छ।