Online News Portal

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै सरकारबाट हटाइयो : प्रचण्ड

काठमाडौँ:नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पारेका छन् ।

पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।स्थायी समितिको बैठकमा छलफलका क्रममा नेता शर्माले अरूले मौखिक धारणा राखेजस्तै आफूले लिखित रूपमा धारणा राखेका तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको उनले बताए ।

उनले भने, ‘शर्माले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन । उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।’

पार्टी एकताबद्ध भएर अगाडि बढ्ने जनाउँदै उनले भने, ‘पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिति बैठकमा आउँदा त्यो क्लिएर भएको छ । त्यो आशंका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार भएको कुरा क्लिएर भए हुन्छ ।’

अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गरे । ‘पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.