काठमाडौँ : भारत र पाकिस्तानबीचको पछिल्लो तनावले दक्षिण एशियाली क्षेत्रको आर्थिक स्थायित्वमा गम्भीर चुनौती उत्पन्न गरेको छ। नेपाल, जसको व्यापारिक निर्भरता भारतमा उच्च छ, यस तनावबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने देखिन्छ।
मुख्य असरहरू:
व्यापार र आपूर्ति शृङ्खला:
नेपालको आयात–निर्यात भारतमा निर्भर रहेकोले भारत–पाकिस्तान तनावले सीमानाका, बन्दरगाह र यातायात सेवामा अवरोध उत्पन्न गर्न सक्छ। ढुवानीमा ढिलाइले वस्तुको आयात–निर्यात लागतमा वृद्धि हुनुका साथै आपूर्ति प्रणालीमा अवरोध हुन सक्छ। पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधि आदिको आपूर्तिमा समेत बाधा पुग्ने सम्भावना रहन्छ।
पर्यटन उद्योग:
भारत–पाकिस्तान तनावका कारण हवाई मार्गमा सुरक्षा चासोका कारण अवरोध आइसकेको छ। नेपालका प्रमुख अन्तर्राष्ट्रिय उडानमा रद्द, ढिलाइ वा मार्ग परिवर्तनको अवस्था सिर्जना हुन सक्छ। यसका कारण पर्यटक आगमनको संख्यामा कमी आउने, लागत बढ्ने र पर्यटन राजस्व घट्न सक्ने हुन्छ।
सुरक्षा र कूटनीतिक चुनौती:
भारत–पाकिस्तान तनावका कारण नेपाल–भारत खुला सीमामा सुरक्षा चुनौती बढ्न सक्छ। सीमामा कडाइ हुन सक्छ, जसले गर्दा सामानको ढुवानीमा अवरोध आउन सक्छ। साथै, नेपालमा पाकिस्तानी सैन्य प्रतिनिधिमण्डलको भ्रमणले कूटनीतिक संवेदनशीलता बढाएको छ।
आर्थिक स्थायित्व:
तनावको अवधि लम्बिँदै गए आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहँदा आयात लागतमा वृद्धि भई विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने देखिन्छ। यसको प्रत्यक्ष असर राजस्व संकलनमा पनि कमी आउने जोखिम उत्तिकै छ।
सरकार र सरोकारवालाहरूका लागि सिफारिसहरू:
वैकल्पिक आपूर्ति शृङ्खला विकास गर्नु आवश्यक देखिन्छ।
आन्तरिक उत्पादन र वितरणमा सुधारको खाँचो पनि टड्कारो छ।
सुरक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुका साथै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने योजना निर्माण गर्नु अपरिहार्य हुनेछ।
आयात प्रतिस्थापनका योजना सञ्चालन गर्नु जरुरी देखिन्छ।
क्षेत्रीय व्यापार सहकार्यको खोजी गर्नु पनि दीर्घकालीन उपाय बन्न सक्छ।
नेपालले भारत र पाकिस्तान दुवै देशबाट विभिन्न वस्तुहरू आयात गर्दछ। यद्यपि, पाकिस्तानसँगको कारोबार भारतसँगको तुलनामा न्यून छ। तेस्रो मुलुकसँगको व्यापारमा नेपालले प्रायः भारतका प्रमुख नाका र बन्दरगाह प्रयोग गर्छ। यी नाकाहरू भारत–पाकिस्तान सीमाबाट टाढा पर्छन्। तथापि, दूरीका कारण प्रत्यक्ष तनावको प्रभाव कम हुने भए पनि आपूर्ति शृङ्खला अवरुद्ध हुन सक्छ। सुरक्षा चुनौतीका कारण कडाइ हुन सक्छ।
भारत–पाकिस्तान तनावका कारण हवाई मार्गमा सुरक्षा चासोका कारण अवरोध आइसकेको छ। नेपालका प्रमुख अन्तर्राष्ट्रिय उडानमा रद्द, ढिलाइ वा मार्ग परिवर्तनको अवस्था सिर्जना हुन सक्छ। यसका कारण पर्यटक आगमनको संख्यामा कमी आउने, लागत बढ्ने र पर्यटन राजस्व घट्न सक्ने हुन्छ। यस्तो अवस्थामा नेपालले वैकल्पिक हवाई मार्गको पहिचान, आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन र संकट व्यवस्थापन योजना निर्माण गर्नु उचित हुनेछ।
त्यस्तै तनावका कारण अन्तर्राष्ट्रिय पर्यटकको आगमनमा कमी आउन सक्ने सम्भावना रहँदा होटल व्यवसाय, ट्राभल एजेन्सी, हवाई सेवाप्रदायकमा आर्थिक दबाब पर्ने हुँदा स्थानीय रोजगारी एव. वस्तुको कारोबारमा समेत गिरावट आउने जोखिम रहेको छ। यस अवस्थामा सुरक्षित पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुका साथै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने योजना निर्माण गर्नु अपरिहार्य हुनेछ।
अर्कोतर्फ, तनावको अवधि लम्बिँदै गए आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना रहँदा आयात लागतमा वृद्धि भई विदेशी मुद्रा सञ्चितिमा दबाब पर्ने देखिन्छ। यसको प्रत्यक्ष असर राजस्व संकलनमा पनि कमी आउने जोखिम उत्तिकै छ। यसरी भारत–पाकिस्तान युद्धको बाछिटा नेपालमा पर्न सक्ने हुँदा यस परिस्थितिमा आर्थिक विविधीकरणमा जोड दिनुका साथै आयात प्रतिस्थापनका योजना सञ्चालन गर्नु जरुरी देखिन्छ।
क्षेत्रीय व्यापार सहकार्यको खोजी गर्नु पनि दीर्घकालीन उपाय बन्न सक्छ। रुस–युक्रेनबीचको तनावको प्रभाव नेपालमा परिरहेको सन्दर्भमा फेरि भारत–पाकिस्तान तनावले नेपालजस्ता अस्थिर अर्थतन्त्र भएका मुलुकहरुमा थप चुनौती खडा गर्न सक्नेतर्फ सरकारले बेलैमा ध्यान पु¥याउन जरुरी छ। यस्तो अवस्थामा नेपालले आफ्ना आयात–निर्यात रणनीति पुनरावलोकन गर्नुका साथै वैकल्पिक आपूर्ति शृङ्खला तथा आर्थिक विविधीकरणका योजना अघि बढाउन आवश्यक देखिन्छ।