भारतको अन्तरिक्ष एजेन्सीले आरएलभी प्राविधिक प्रदर्शन पूरा ग¥यो
काठमाडौँ: भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) ले आईतवार आफ्नो पुनः प्रयोज्य प्रक्षेपण वाहन प्रविधि प्रदर्शनमा लगातार तेस्रो र अन्तिम सफलता पूरा गरेको छ । तेस्रो र अन्तिम परीक्षण दक्षिणी राज्य कर्नाटकको चित्रदुर्गको एरोनटिकल टेस्ट रेन्जमा गरिएको थियो । स्वायत्त अवतरण क्षमतालाई थप चुनौतीपूर्ण रिलीज अवस्था र अधिक गम्भीर हावाको अवस्थाहरूमा पुनः प्रदर्शन गरेको बताइएको छ । पुष्पक नामको पखेटा भएको गाडीलाई भारतीय वायुसेनाको चिनुक हेलिकप्टरबाट ४.५ किलोमिटरको उचाइमा छोडिएको थियो । पुष्पकले स्वायत्त रूपमा क्रस–रेन्ज सुधार युद्धाभ्यासहरू कार्यान्वयन गरेर रनवेमा पुगेको थियो ।