Online News Portal

भन्सार क्षेत्रको सुधारका लागि पहल भइरहेको छ

काठमाडौँ । ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो प्राङ्गणमा एक कार्यक्रम सम्पन्न भएको छ ।भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेशलाल श्रेष्ठ, उपाध्यक्ष जयप्रसाद शिवाकोटी, नागरिक उड्डयन प्राधिकरणका  महाप्रबन्धक जगन्नाथ निरौला, नेपाल भन्सार एजेन्ट महासंघका पूर्व अध्यक्ष भरतराज घिमिरे  निर्यात संघ, कार्गो कुरियर संघ, निर्यात परिषद्लगायतका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

 

 

कार्यक्रममा उत्कृष्ट कर्मचारी, खेलाडी,  भन्सार एजेन्ट , निकासीकर्तालगायतलाई सम्मान गरिएको थियो । सम्मानित हुने कर्मचारीहरूमा डिलुप्रसाद अधिकारी, मिलन श्रेष्ठ, प्रिन्स पौडेल, मेनुका थापालगायत छन् । यस्तै दौड प्रतियोगितामा प्रथम , द्वितीय र तृतीय हुने धावकलाई नगदसहित पुरस्कार र सम्मान गरिएको  भन्सार एजेन्ट संघ काठमाडौँका अध्यक्ष गौतम भट्टले नयाँ सडकलाई बताए ।

यस्तै भन्सार एजेन्ट शिव प्रसाद ढुंगानालाई सम्मान गरिएको थियो । कार्यक्रममा निकासीकर्ता छेवाङ डुल्लु लामालाई  पनि सम्मान गरिएको थियो । कार्यक्रममा भन्सार एजेन्ट संघ काठमाडौँले किरण जोशी, गोविन्द ढकाल, वासुदेव कोइराला ,बुद्ध राज खनाल , निकासीकर्ता रेशम पोखरेललगायतलाई  सम्मान गरेको भन्सार एजेन्ट संघ काठमाडौँका सचिव होमनाथ धमलाले बताए ।

Advertisement

Click the button below to skip this ad and read the full article.