काठमाडौँ : एनआईसी एशिया क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारण सभा भदौ ११ गते गर्ने भएको छ ।
सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली काठमाडौँमा कम्पनीले जनाएको हो । सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५२.५३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।