Online News Portal

भक्तपुरको पहिरो रोकथाम, हेर्नुस् तस्बिरहरू

काठमाडौँ : साउन १६ गते सशस्त्र प्रहरी बल नेपाल नं। २२ गुहेश्वरी गण दुवाकोटले अविरल वर्षाको कारण भक्तपुरको विभिन्न ठाउँमा पहिरो गई जोखिममा रहेका घरहरु नजिकै अस्थायी संरचना बनाई पहिरो रोकथाम गरेको छ ।

 

चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ्गस्थित बन गाउँ र वडा नं. ४ चापाखलमा अविरल वर्षाको कारण पहिरो गई दुई वटा घर जोखिम अवस्थामा रहेको भन्ने जानकारी प्राप्त भएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो रोकथाम कार्यमा जुटेको हो ।

त्यसैगरी सुर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित एक स्थानीय व्यक्तिको घर नजिकै पहिरो गई जोखिममा रहेको भन्ने जानकारी प्राप्त भएपछि सो गणबाट खटिएको सुरक्षा फौज पहिरो पन्छाउने कार्यमा जुटेको थियो ।

Advertisement

Click the button below to skip this ad and read the full article.