बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकाका चार जना कर्मचारी प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुरामा चार जना विरुद्ध जाहेरी दर्ता भएपछी प्रकाउ परेका हुन । नगरपालिका ईन्जिनियर उपेन्द्र साउँद, प्रधानमन्त्री रोजगार संयोजक गोविन्द बहादुर थापा, शिक्षा शाखाका प्राविधिक सहायक डम्म बहादुर थापा र प्रशासन सहायक बसन्त बहादुर थापा बुधबार प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएस्पी कविन्द्र बोहोराले बताएका छन् ।
कार्यालय समयमा सेवा लिन गएका बेला नगरपालिकामा कार्यरत कर्मचारीेले अभद्र व्यवहार गर्दै गाली गलौज र ज्यान मार्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता भएपछी ४ जना कर्मचारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जाहेरीमा असार २१ गते सेवाग्राही दिलिप केसीलाइ कार्यलय भित्र गाली गलौज गरेको भन्दै अभद्र गर्न नहुने कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । यता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उपेन्द्र साउदलाई हातपात, गाली गलौज गरेको आरोपमा दिलिप केसी बिहीबार नै प्रक्राउ परिसकेका छन् ।