Online News Portal

बारम्बारको बिस्थापनले गाजावासीको सपना तुहिँदै

 

 

 

काठमाडौँ: गाजामा बिस्थापनको चक्रले धेरैको सपना चकनाचुर पारेको छ । लाखौं इजरायली आक्रमणको कारणले बारम्बार आफ्नो जीवनलाई सपना देख्नबाट टाढिएका छन् । बिस्थापित प्यालेस्टाइनी ओम मोहम्मदले विगतमा युद्ध धेरै दिनसम्म चल्ने र त्यसपछि समाप्त हुने गरेको भएपनि अहिले महिनौंदेखि घर नभई पालमा बस्न अपm्ठ्यारो भइरहेको बताउनु भो । त्यस्तै अर्का बिस्थापित मसादा अल हमजावीले युद्ध अघिको आफ्नो जीवन सहज रहेको बताउनु भयो ।

 

 

जीवनका आवश्यकताहरूको अभावमा आफूहरु बाँच्न परिरहेको बताउनु भयो । अर्का बिस्थापित हलिमा अहमदले अहिले जताततै युद्ध भएकोले घरको अवशेषमा बस्नु परिरहेको बताउनु भयो । जीवनको कुनै आवश्यकता नभएको महशुस भएको बताउनु भयो ।

खान युनिस र मध्य गाजा जस्ता क्षेत्रहरूमा धेरै नागरिकहरु बिस्थापित छन् ।