Online News Portal

बाढीका कारण चैते धान खेतमै नष्ट

काठमाडौँ: कैलालीको घोडाघोडी नगरपालिका-८ का ५४ वर्षीय बुझाउन चौधरी चैते धान भित्र्याउने तयारीमा हुनुहुन्छ । तीन वर्षदेखि चैते धानको खेती गरिरहेका उहाँले यस पटक पनि पाँच कट्ठा जमिनमा धान लगाउनुभएको छ । उहाँ त्यही धान भित्र्याउने तयारीमा हुनुहुन्छ ।

वर्षे धान खेतीभन्दा बढी उब्जनी हुने भएकाले विगत तीन वर्षदेखि चैत धान खेती गर्न थालेको उहाँले बताउनुभयो । “खेती लगाएको सुरुको वर्ष पाँच कट्ठामा १० क्विन्टल उत्पादन भएको थियो । सोही जग्गामा वर्षे धान लगाउँदा बढीमा छ क्विन्टलसम्म उत्पादन हुन्थ्यो । त्यसैले आउँदो वर्ष एक बिघामा धान लगाउने सोच बनाएको छु”, उहाँले भन्नुभयो, “खान मिठो र उत्पादन पनि राम्रो हुने भएकाले चैते धान खेतीतर्फ आकर्षित भएको थिए । अहिलेसम्म पछुताउनु परेको छैन ।”एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएका भजनी नगरपालिका–८ का ओम पाण्डेले उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि सबै क्षेत्रमा चैते धान लगाएको तर डुबानले सखाप बनाएको बताउनुभयो ।

भजनीकै लालप्रसाद न्यौपानेले पनि चैते धान भित्र्याउन पाउनुभएन । असार १९ गतेको डुबानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि रोपाइँ गर्दा भएको खर्चको जोहो समेत गर्न मुस्किल भएको उहाँको भनाइ छ ।

Advertisement

Click the button below to skip this ad and read the full article.