Online News Portal

बागमती प्रदेश :एम्बुलेन्सको भाडादर निर्धारण

काठमाडौँ: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार एम्बुलेन्स सेवाको भाडादर निर्धारण गरेको छ।

 

 

 

मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई पत्राचार गरी नयाँ भाडादरको जानकारी गराएको छ। ‘भूगोल फ्ल्याग’ प्रणाली अनुसार, १ देखि ५ किलोमिटरसम्मको दूरीका लागि भाडादर ३०० देखि ५०० रुपैयाँसम्म तोकिएको छ। तराई र पहाडी क्षेत्रका पिच, ग्राभेल, र कच्ची सडकका लागि फरक दररेट निर्धारण गरिएको छ। तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख गरिएको छ।

 

Advertisement

Click the button below to skip this ad and read the full article.